
काठमाडौं । हिन्दु राष्ट्रको पुनःस्थापना र राजा सहितको लोकतन्त्र स्थापनाकासहितको माग राख्दै आज राप्रपाले देशका विभिन्न स्थानीय तहमा १ घण्टा धर्ना दिएको छ ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष कमल थापा काठमाडौं महानगरपालिका, वरिष्ठ नेता दिपक बोहरा ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिकामा आयोजित धर्ना कार्यक्रममा सहभागि भए ।
राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापना सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत माग राख्द राप्रपाले धर्ना दिएको सहप्रवक्ता श्रेष्ठले बताए ।









