
काठमाडौं । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्ज पक्राउ परेका छन् । इक्वेडर सरकारको शरणमा बस्दै आएका असान्जलाई बेलायतको प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकी सरकारले लुकाइराखेका लाखौं सूचना विकिलिक्स मार्फत सार्वजनिक गरेपछि जुलियन असान्जलाई अमेरिकी सरकारले निगरानी बढाएको थियो ।लगत्तै स्वेडेनमा उनीमाथि यौन दुव्र्यवहारको मुद्दा दायर भएको थियो ।
सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको राजदूतावासमा आत्मरक्षाका लागि बस्दैआएका असान्जलाई दूतावासका अधिकारीले बाहिर ल्याएपछि लण्डन प्रहरीले हिरासतमा लगेको छ । असान्जले फेरि मुद्दा लड्न भने सक्ने छन् ।









