२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काभेटरले बाटो खनेको हेर्ने क्रममा एक युवकको मृत्यु



अ+ अ-

नुवाकोट । नुवाकोट पूर्वमा रहेको शिवपुरी गाउँपालिका–१ तलाखुमा जेसिबि स्काभेटरले बाटो खनेको हेर्ने क्रममा रुखले च्यापेर एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानिय ३७ वर्षीय सानुकान्छा तामाङ रहेको जिल्ला प्रह्री कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

बाटो खनेको हेरिरहेका बेला ढलेको रुखले च्यापी गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बुधबार राति बाटोमै मृत्यु भएको उनले जानकारी दिए।