२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद भण्डारीको गुल्मीमा अन्त्येष्टि: नेका नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालाले पार्टीकाे झण्डा ओढाए



अ+ अ-

टोपलाल अर्याल
गुल्मी । बिहीबार जीप दुर्घटनामा मृत्यु भएका पूर्व सांसद तथा कांग्रेस नेता रुद्रमणी शर्मा भण्डारीको अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले दिवंगत भण्डारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पनि सांसद भण्डारीलाई श्रद्धाञ्जलि व्यक्त गर्न पुगेका थिए । उनले आदर्शवादी नेता रुद्रमणीको मृत्युले काँग्रेसलाई मात्रै नभएर सिङ्गो जिल्लालाई क्षति पुगेको बताए । मन्त्री बिष्टले भण्डारीको निष्ठा, सोच र आदर्श सब पार्टी, नेता र कार्यकर्ताको लागि प्रेरणाको विषय भएको बताए ।

नेपाली कांग्रेस गुल्मीले राखेको शोक सभालाई संबोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यो घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुःखद भएको बताए । मृत्यु सत्य भएकाले अब भण्डारीको निष्ठा र सपनालाई पूरा गर्ने काम पार्टीको भएको बताए । महामन्त्री कोइरालाले पछिल्लो समयको आर्दश पुरुषको निधनले आफूहरुलाई ठूलो क्षति पुगेकाले यसको परिपुरणमा सब मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

त्यस्तै ५ नं प्रदेश सभा सदस्य दिनेश पन्थीले दिवङगत भण्डारीको भौतिक उपस्थिती अव नभए पनि उहाँले देखाएको बाटो, विकास र बिचार सम्पूर्ण गुल्मेलीमा अडिग भएर रहेको बताए । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले जिल्लाको असल अभिभावक मात्रै नभएर लोकतान्त्रिक मूल्य र मान्यतामा समेत क्षति पुगेको बताए । उनले नियति कसैको पकडमा नभएकाले शोकलाई शक्तिमा रुपान्तरण गरेर रुद्रमणीले देखाएको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले संगठन बिस्तार अभियानकै क्रममा ढलेका साद्गी एवं आर्दशबादी नेताको दुर्घटनाले पार्टीमा ठुलो क्षति पुगेको बताए । उनले रुद्रमणीको सोच र सपनालाई पार्टीको तर्फबाट आफूहरुले पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गुल्मीका पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेनल, चन्द्र केसी, नेकपा जिल्ला सचिव बुद्धि जिसी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

गुल्मीको मुसिकोट नगरपालिका १ थामको च्यानडाँडामा भएको जीप दुर्घटनामा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा मालिका गाउँपालिका २ का ८ बर्षिय ओस्कर विक र सोही स्थानकै २६ बर्षीया कौशिला थापाको ज्यान गएको थियो । घाइते सात जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । नेता भण्डारीको धुर्कोट गाउँपालिका ५ वस्तुको लामीडाँडा घाटमा आजै अन्त्येष्टि गरिएको छ ।

को हुन कांग्रेस नेता तथा पूर्व सांसद भण्डारी ?
सवैका सवैप्रिय नेता धुर्कोट गाउँपालिका ५ वस्तु निवासी रुद्रमणी शर्मा भण्डारी २००४ साल कार्तिक १५ गते बुवा उमाकान्त भण्डारी र आमा कौशिला भण्डारीको कोखबाट जन्मिएका थिए । उनले संस्कृत शिक्षामा स्नातकसम्म अध्ययन गरेका छन् । भण्डारीले नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट आफ्नो राजनीति सुरु गरेका थिए ।

तत्कालीन शासकहरूले राजनीतिक दल माथि प्रतिबन्ध लगाएपछि दिवंगत भण्डारीले बाग्लुङका विभिन्न बिद्यालयहरुमा अध्यापन समेत गराएका थिए । अध्यापनसंगै लुकेर राजनीतिक गतिविधिमा सामेल हुने गर्थे । नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठका अनुसार भण्डारी नेपाल विद्यार्थी संघ गुल्मीका संस्थापक जिल्ला सदस्यबाट खुल्ला राजनीतिमा समावेश भएका थिए ।

उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट गुल्मी क्षेत्र नं ३ को सांसदमा बिजयी भएका थिए । पछि २०५८ सालमा पार्टीकोे जिल्ला सभापति समेत बने । पछिल्लोे समय महाधिवेशन प्रतिनिधिको रुपमा पार्टीको गतिविधीमा सक्रियनै रहेका थिए । (गुल्मीन्यूज डट कमबाट साभार)




भर्खरै