२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखाकाे प्रतिवेदनः
वाइडबडी जहाज खरिदमा शंका कायमै, बिजनेस अभावमा निगमलाइ घाटा



अ+ अ-

काठमाडाैंः महालेखा परीक्षककाे कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ बुझाएकाे ५६अाैं प्रतिवेदनमा बहुचर्चित वाइडबडी बिमान खरिदमा अनियमितताकाे अाशंका गरिएकाे छ ।

महालेखाकाे प्रतिवेदनमा भनिएकाे छ, सम्झौताअनुसार दुई वटा विमानको रु.२३ अर्ब २० करोड ८३ लाख २ हजार भुक्तानी भएको देखिन्छ । बिल बीजकको निश्चित ढाँचाबेगर आपूर्तिकर्ताले खाली कागजमा अन्य व्यहोरा नखुलाई इन्भ्वाइस भनी रकम मात्र उल्लेख गरेको कागजलाई बिल वीजक मानी भुक्तानी गरेको छ । विमान निर्माता एअरबस कम्पनीले निगमलाई लेखेको पत्रको अन्तमा रकम प्राप्त भयो भन्ने वाक्यांश उल्लेख गरे तापनि प्राप्त गरेको रकम खुलाएको छैन ।

प्रतिवेदनमा गन्तव्य टुंगाे नलाग्दा छ महिनाकाे अवधिमा निगमलाइ १ अर्ब ६६ कराेडभन्दा बढी नाेक्सानी भएकाे जनाउँदै अगाडि भनिएकाे छ, निगम सञ्चालक समितिले दुई वटा वाइड बडी विमान सञ्चालनको व्यावसायिक योजना २०७३।६।८ मा स्वीकृत गरेको छ । उक्त योजना अनुसार ती विमान सन् २०१९ बाट दमाम, सिउल, सिड्नी, टोकियो र हङकङ उडान हुनुपर्नेमा हालसम्म गन्तव्यको टुङ्गाे लागेकाे छैन । गन्तव्य टुङ्गाे लगाई लक्ष्यअनुरुप उडान गर्न नसक्दा २०७५ श्रावणदेखि पौषसम्म ६ महिनामा रु.१ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन
गएको अवस्था छ ।

वाइडबढी प्रकरणमा महालेखाकाे प्रतिवेदनमा भनिएकाे छः





भर्खरै