७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका जिल्ला सचिवको घरबाट हातहतियार सहित बम बनाउने सामान फेला



अ+ अ-

बझाङ । विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा प्रहरीले खानतलासी गर्दा हातहतियार फेला परेको छ ।

गएको शुक्रबार पक्राउ परेका मल्लको घरमा शनिबार छापामार्दा फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०.५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताए ।

मल्ललाई चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ–संस्था भत्काउनेसम्मको धम्की दिएको आरोपमा प्रक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।