
लमजुङ । जिल्लाको दूधपोखरी गाउँपालिका ३ फुलिङगिरीमा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् भने अन्य ९ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा चालक दूधपोखरी गाउँपालिका ४ का खिमलाल गुरुङ, दूधपोखरी गाउँपालिका १ का गौमाया गुरुङ, यात्रु गोरखा अजिरकोट गाउँपालिका २ का मोतिलाल गुरुङ, दूधपोखरी गाउँपालिका वडा नं. २ सुजाता गुरुङ गम्भीर घाइते भएका छन् । अन्य९ जनाको पहिचाहान खुलन सकेको छैन् ।
दूधपोखरी गाउँपालिका १ दूधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग १ ज ६८९० नम्बरको जिप लाङदीखोला नजिकै मध्याह्न १२ बजे ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको गौडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमानाथ शर्माले बताए ।
घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।









