६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर बढाउन अर्थमन्त्री खतिवडाको ठाडो निर्देशन !



अ+ अ-

चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकार, नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५का उद्यमीबीच पूर्ब बजेट छलफल एवं अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मन्त्री खतिवडाले करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन् ।