४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाटै ‘बहिष्कार’

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाटै ‘बहिष्कार’
अ+ अ-

काठमाडौं । नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।
काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरू भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो। ‘काठमाडौं रहनुभएका सबै मन्त्रीलाई उपस्थितिका लागि आग्रह गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘केही मन्त्री काठमाडौंबाहिर जानुभएको रहेछ तर काठमाडांैमा रहनुभएका मन्त्रीहरू किन सहभागी हुनुभएन, त्यो थाहा हुन सकेन।’ सम्बोधनका क्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पुगेका थिए। सम्बोधनको अन्तिम समयमा पुगेका दाहाल गृहमन्त्रीलाई नदेखेपछि अलमलमा परेका थिए। सम्बोधनमा अचानक आएका कारण पूर्वमाओवादी केन्द्रबाट मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूले कार्यक्रम बहिष्कार गरेको आशंका छ।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदीका अनुसार थापा व्यस्त भएकाले सम्बोधनका क्रममा उपस्थित हुन नसकेका हुन्। ‘गृहमन्त्रीज्यूको अन्य कार्यक्रमहरू तय भएका थिए, बिहानै ती कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले उहाँ सम्बोधनमा उपस्थित हुन सक्नुभएन,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले भने। उनले मन्त्रीका के–के कार्यक्रम तय भएका थिए भन्नेबारे भने केही बताएनन्। सामान्यतया प्रधानमन्त्रीले देशवासीका नाममा गरिने सम्बोधन मन्त्रिपरिषद्मा छलफल हुने गर्छ। तर यसपटकको सम्बोधन मन्त्रिपरिषद्मा छलफल नभएका कारण उनीहरूले मौन बहिष्कार गरेको स्रोतको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।