६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–१९ महिला छनोट : २३ सदस्यीय टोलीको नाम सार्वजनिक



अ+ अ-

काठमाडौं । एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो ।

यसअघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टोली बुधबार चीन जानेछ ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतविरुद्ध दुवै गोल रेखा पौडेलले गरेकी थिइन् । यस्तै प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो ।

दोस्रो चरणका खेल यही वैशाख १३ देखि १७ गतेसम्म थाइल्याण्डमै हुँदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमासँग खेल्नेछ । नेपालले पहिलो खेलमा वैशाख १३ गते अष्ट्रेलियासँग, १५ गते उज्वेकिस्तान र १७ गते म्यानमासँग खेल्नेछ ।

नेपाली टिम
गोलकिपर :
अन्जनाराना मगर, रेविका राई र उषा नाथ
डिफेण्डर :
निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर र सविता रानामगर

मिडफिल्डरम : सरु लिम्बू, मञ्जली कुमारी योञ्जन र मेनुका आलेमगर
स्ट्राइकर : रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय

मुख्य प्रशिक्षक : हरिओम श्रेष्ठ