
काठमाडौं । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जनतालाई बुझाउन नेपाली कांग्रेसले जागरण अभियान सुरु गर्ने भएको छ ।
उपसभापति विमलेन्द्र निधिका अनुसार ७७ जिल्ला पहिलो चरणमा चल्ने अभियान एक महिना लामो हुनेछ ।
पहिलो चरणको अभियान वैशाख ११ बाट सुरु हुनेछ ।
दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै गाउपालिकामा हुनेछ ।









