
हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले प्रतिबन्धित लगाएको बताएका छन् ।
३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले संविधान विरोधी क्रियाकलाप गरेकाले विप्लवका शीर्ष नेताहरु पक्राउ परेको बताए ।
थापाले भने, ‘उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ ।’









