
काठमाडौं । विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।
विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।
नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।









