
राजविराज । राजविराज नगरपालिका ४ को मुख्य बजार क्षेत्रमा बिहान भएको भीषण आगलागीमा सातवटा पसल जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

बिजुलीको लाइन सर्ट भई पशुपति स्टोरबाट सुरु भएको आगोले सहिद दशन चोकमा रहेको पशुपति रेडिमेड स्टोर,विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर, शौरभ शितल महल, श्री पशुपति होटल, अमृत बैष्णव होटल, र चौधरी सिको टाइम पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो।









