
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दुई नम्बर प्रदेशले लोक सेवा आयोगलाई कर्मचारी भर्ना नगर्न भनेको बारे आफु अनभिज्ञ रहेको बताएका छन् ।
बुधवार विराटनगर वडा नं. ६ मा निर्माण गर्न लागिएको मुसाफिर खाना शिलान्यास पछि मन्त्री पण्डितले कानून विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।
संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनमा स्पष्ट व्यवस्था भएकाले कानुन विपरित जन नमिल्ने उनले बताए ।









