
काठमाडौं । बुधबार तोलामा रु ३०० ले घटेको सुनको मूल्य बिहीबार घटेको छ । बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन तोलाको ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलाको ५९ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा दूई सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनकको मूल्य तोलामा ५९ हजार कारोबार भएको थियो ।
चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ ।









