२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा गिद्धको संख्या बढ्यो



अ+ अ-

डोटी । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार हाल लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्धको संख्या बढेको छ ।

३०० देखि ६०० मिटरको उचाइमा देख्न पाइने गिद्ध पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले हिमाली सङ्ख्या वृद्धि भएको हो ।

गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।

डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ ।