
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।
“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,” उनले भने ।









