
काठमाडौं । नेपाली काङ्ग्रेसका काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको आरोप लगाएका छन् ।
उनले अब सरकारविरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए ।
नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले भने“नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,।”









