२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलाउन लैजाँदै गर्दा एक महिलाको शव नियन्त्रणमा, प्रहरी पुग्ने वित्तिकै मलामीको भागाभाग



अ+ अ-

वीरगञ्ज । जलाउन लैजाँदै गर्दा एक महिलाको शव परिवारकै सदस्यबाट हत्या भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।

अञ्जुदेवीको शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

प्रहरी पुग्ने वित्तिकै जलाउन लगेको रहेको शव छोडेर मलामी भागेकोले घटना शंकास्पद रहेको उनले बताए ।