![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/aago.jpg)
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित धुव्र दाहालको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको छ ।
राति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी सुरु भएको घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको जनाइएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुुमान छ ।