६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको दजाकोटमा झाडापखलाको प्रकोप, १२ बर्षीय बालकको मृत्यु



अ+ अ-

गुल्मी । सोमबारदेखि गुल्मीको दजाकोटमा फैलिएको झाडापखलाको प्रकोपबाट आइतवार एक जना बालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ को दजाकोटस्थित पशुपति निम्न माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्ने गरेका १२ बर्षीय रेशम सिंजाली रहेका छन् ।

अहिलेसम्म १ सय ७० जना भन्दा वढी झाडा पखलाको विरामी परेका छन् । नुरखोला लालङ्गदी खानेपानी मुहानदेखि दल दजाकोटको पानी सङ्कलन गर्ने ट्याङ्कीसम्म दिसामा पाईने कोलिफम किटाणु फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।

उक्त मुहानको पानी ८५ घरधुरीले पिउँदै आएका थिए ।