१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध



अ+ अ-

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो ।

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

लामो समयदेखि बिजुली र खानेपानीको अभाव हँुदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयवासीलाई समस्या भएको कोल्टीका काशीराम कैलाले बताउनुभयो । मार्तडीपछिको दोस्रो ठूलो बजारक्षेत्र कोल्टीमा छ । नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार स्थानीय तहको चहलपहल हुने क्षेत्र हो कोल्टी । तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन । “यहाँका नागरिकलाई अरु विकास चाहिएको छैन, उनीहरुको पहिलो माग नै पानी र बिजुली हो”, स्थानीय नवराज भारतीको भनाइ छ ।

स्थानीय हिरेन्द्र बोहरा भन्नुहुन्छ, “पानीकै नाममा वर्षेनी लाखौँको बजेट खर्च भएको छ भने बिजुलीकै नाममा रु सात करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टीबासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै पाएका छन् ।”

कोल्टी बजारमा मात्र आठ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन ।