६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

“आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले आज १३० वर्ष पूरा गरेको छ । यस सुखद् अवसरमा नेपाली श्रमिक वर्गलाई १३०औँ मे दिवसको धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गले आफ्नो रोजगारी र जीवनको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गरेकामा उच्च समान प्रकट गर्दछु । यो वर्ष श्रमिकपक्षीय ऐन, कानून, नियमावली निर्माण भई कार्यान्वयनमा आइसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सकारात्मक काम हो । नेपाली श्रमिक वर्गलाइ धेरै धेरै बधाई” सन्देशमा उल्लेख छ ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसहितको भ्रमण टोलीमा मुख्यमन्त्री पौडेल सहभागी हुनुहुन्छ ।