६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राकिएन टिपर आतंक, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको हो । टिपरले मोटरसाइकललाई मङ्गलबार बिहान ८ः२० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते अधिकारीको उपचारका क्रममा गए राति २ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

यसैबीच मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती ४५ वर्षीया कमला अधिकारी घाइते हुनुभएको थियो । घाइते अधिकारीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।