काठमाडौं । ८५ वर्षीय जापानी राजा अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा राजकुमार नारुहितोले राज्याभिषेक गरेका छन् ।
अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दीत्यागको घोषणा गरेका हुन् ।
जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी गद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनले मंगलबार जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दीत्यागको घोषणा गरेका हुन् ।
राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।
हेर्नुहोस् फोटो फिचर