६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ, अब विदेश जानु पर्दैन : मन्त्री बिष्ट



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको कारण श्रमिकले कामभन्दा बढी चिन्ता लिनुपर्ने अवस्था हटेको बताएका छन् ।

१३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बिष्टले आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले भने, न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्थाले अब चिन्तामा ८ घण्टा बिताउनुपर्ने दिनको अन्त्य हुने भएको छ । अब सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ । सरकारले आफ्ना नागरिकलाई सुरक्षासहितको रोजगारी दिन्छ ।’

श्रन्त्री बिष्टले केही हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने तथा आगामी आ.व.मा थप ९० हजारलाई रोजगारी दिइने तयारीमा श्रम मन्त्रालय रहेको बताए ।

उनले मजदुर आन्दोलनबाट प्रप्ति सवै विषय सफल हुँदै गइरहेको भन्दै मजदुरको रगत र पसिना खेर जान नदिने बताए ।