१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ, अब विदेश जानु पर्दैन : मन्त्री बिष्ट



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको कारण श्रमिकले कामभन्दा बढी चिन्ता लिनुपर्ने अवस्था हटेको बताएका छन् ।

१३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बिष्टले आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले भने, न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्थाले अब चिन्तामा ८ घण्टा बिताउनुपर्ने दिनको अन्त्य हुने भएको छ । अब सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ । सरकारले आफ्ना नागरिकलाई सुरक्षासहितको रोजगारी दिन्छ ।’

श्रन्त्री बिष्टले केही हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने तथा आगामी आ.व.मा थप ९० हजारलाई रोजगारी दिइने तयारीमा श्रम मन्त्रालय रहेको बताए ।

उनले मजदुर आन्दोलनबाट प्रप्ति सवै विषय सफल हुँदै गइरहेको भन्दै मजदुरको रगत र पसिना खेर जान नदिने बताए ।