काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि शानदार जित निकालेको छ ।
बिहीबार बिहान घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पाहुना टोली लिभरपुललाई ३–० ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुईस स्वारेजले एक गोल गरेका थिए ।बार्सिलोनाले लिभरपुुलविरुद्ध पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल हानेको थियो । उसका लागि खेलको २६औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए।
बार्सिलोनाले पाहुना टोली लिभरपुलविरूद खेलको २६ औं मिनटमा अग्रता कायम गरेको थियो । जोर्डी अल्बाले पोस्टको माथिल्लो भागबाट दिएको पासलाई लुईस स्वारेजले वान टचमा बललाई जाली चुमाएका थिए । उनकै गोलको मदतले बार्सिलोना पहिलो हाफमा १–० ले अघि रह्यो ।
पहिलो हाफ १–० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्यो । बार्सिलोनाका लागि दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । मेस्सीले खेलको ७५औं मिनेटमा स्वारेजले बक्स भित्रबाट हानेको प्रहार बारमा लाग्दै फर्किएको बललाई सहजै जाली चुमाए ।
खेलको ८२ औं मिनेटमा फेरि मेस्सीले नै टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरे । उनले डिबक्स बाहिरबाट हानेको फ्रिकले सोझै जालि चुम्दा खेलमा बार्सिलोनाले ३–० को अग्रता बनायो। अन्तिम समयमा डिम्बेलाको फितलो प्रहार लिभरपुलका गोलरक्षक एलिसनले सहजै बिफल बनाईदिंदा बार्सिलोना चौथो गोल गर्न चुक्यो ।
यस खेलमा गरेको २ गोलपछि मेस्सीले ६ सय गोल पुरा गरेका छन् । मेस्सीले १४ बर्ष अगाडी २००५ मे १ मा बार्सिलोनाका लागि आफ्नो पहिलो गोल अल्बासेटविरुद्ध गरेका थिए ।
बार्सिलोनाले अब सेमिफाइनलको दोस्रो लिग आगामी बुधबार लिभरपुलको घरेलु मैदानमा खेल्ने छ ।