६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको विरोध हुँदाहुँदै जैश ए मोहम्मदका प्रमुख अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा



अ+ अ-

काठमाडौं । चीनको विरोध हुँदाहुँदै संयुक्त राष्ट्रसंघले पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरेको छ ।

राष्ट्रसंघले मसुद आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप लगाएको छ ।

सुरक्षा परिषदले जारी गरेको विज्ञप्तिमा मसुदको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ ।

भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । आलै पुलवामा भएको आक्रमणमा पनि जैश ए मोहम्मदकै हात भएको भारतको दाबी छ ।