१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घातक बन्दै पोर्न फिल्म, दिमाग र हर्मोनमा गर्छ असर



अ+ अ-

अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ ।

पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिमागमा समेत असर गर्ने बताइन्छ । एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।

मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ ।

साथसाथै यसले अनिद्रा, बेचैनी जस्ता समस्या पनि निम्त्याउने गर्छ ।पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानी भएपछि एकान्तमा बस्न रुचाउँछन, साथीमाझ घुलमिल हुने, रमाइलो गर्ने गर्दैनन् ।

यौनकै बारेमा सोच्न थाल्छन् । यसबाट के हुन्छ भने उनीहरु पारिवारिक र सामाजिक जीवनबाट टाढा हुन्छन् ।