काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको महाधिवेशन माग गरेका छन् ।
दिवंगत कांग्रेस नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे ।
उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दाबी गरे ।