२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वेबसाइट र सर्भरमा समस्या, देशभर काम प्रभावित



अ+ अ-

काठमाडौं । सरकारी वेबसाइट तथा सर्भरमा समस्या देखिएपछि आइतबार बिहानैदेखि सरकारी कार्यालयबाट हुने कामकाज प्रभावित बनेको छ।

सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगे पनि सर्भर http://mofald.gov.np/ डाउन भएपछि देशभरका अधिकांश सरकारी कार्यालयका साइट बन्द भएका हुन् ।

सरकारी कार्यालयका साइट बन्द हुँदा मालपोत, राहदानी, यातायात विभागजस्ता कार्यालयमा काम हुन सकेको छैन् ।

सरकारी साइट भिजिट गर्नेको संख्या उच्च हुँदा सर्भर डाउन भएको हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकारीले जानकारी दिए ।

समस्या समाधानका लागि काम भइरहेकोले केहीबेरमा सर्भरहरू चल्ने केन्द्रले जनाएको छ।