१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी



अ+ अ-

जेरुसेलम । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ ।

हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ ।

आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताए ।

इजरायलले गरेको हवाई आक्रमणमा मारिएका भनिएका यी आमा र छोरीलाई हमास समूहले हतियारको प्रयोगबाट मारिएका रोनेनले बताए ।

सेनाका प्रवक्ता रोनेन अन्य विस्तृत विवरण भने केही पनि बताएनन् । दुभाग्यबस भएको यस मृत्युको कारण इजरायलको शस्त्रअस्त्र नभइ हमाजले प्रयोग गरेको रकेट र विस्फोटक पदार्थ भएको सेनाका प्रवक्ताले बताएका छन्।

इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको गाजाका स्वास्थ्य मन्त्री शनिबारले बताउका थिए ।

प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।