१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङबाट ज्यान गुमाएका परिवारलाई रु एक लाख राहत



अ+ अ-

पर्वत । गत वैशाख २ गते राति परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं ४ हलहलेकी २२ वर्षीया तारादेवी पुनको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु एक लाख राहत दिएको हो ।

वैशाख २ गते सोमबार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । पीडितका परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिकोतर्फबाट आज राहत रकम हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललेपीडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान् प्रेम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गर्नुभयो ।

उहाँले पीडित परिवारलाई काजकिरियालगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालयअन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताउनुभयो । सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रक्रिया मिलाउँदा पीडित परिवारलाई झनै समस्या हुने भएकाले आफू घटनास्थलमै आएर राहत प्रदान गरिएको उहाँको भनाइ छ ।

मृतक पुनका तीन वर्षीय छोरा रहेका छन् भने श्रीमान् र सासूआमा घरमा रहेका छन् । आर्थिकरुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठूलो सङ्कट परेको छ । घरमै आएर सरकारले राहत दिएको भन्दै पीडित परिवारका सदस्यले खुशी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।