२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश राजधानी तोक्नु पर्ने माग राख्दै विराटनगर अनिश्चितकालिन बन्दको घोषणा



अ+ अ-

वैशाख । एक नम्बर प्रदेशको राजधानी विराटनगरलाई तोक्नु पर्ने स्थानियले विराटनगर बन्द गराएका छन् ।

विराटनगर वासीलाई अल्मलाउन खोजेको भन्दै विराटनगरमा विहानैदेखी कुनैपनि सवारी साधन चल्न सकेका छैनन् भने वजार, पसल तथा शिक्षणसंस्थाहरु समेत वन्द छन् ।

नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राजपा तथा विभिन्न पार्टी लगायत संघसंगठन साथै स्थानियवासीहरुले वन्द आव्ह्रान गरेकाले बिहानादेखी वन्द कर्ताहरु विभिन्न चौक चौकमा भेला भएर सवारी साधनमा अवरुद्ध पुर्याएपछि सवारी साधन चलेका छैनन् ।

विराटनगरमा व्यवस्थापिका तथा कार्यपालिकाको सवै संरचना सहित प्रदेश न १ को स्थाई राजधानी वनाउनुपर्ने आन्दोलनकारीहरुले माग राख्दै विराटनगरलाई स्थायी राजधानी नतोके सम्म अनिश्चितकालिन वन्दको घोषणा गरेको उनिहरुले बताएका छन् ।