३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने



अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् ।

जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगरपालिकाले पहिलो चरणमा वडा नं– ६, ८ र १२ मा पक्कीघर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।

अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । चार कोठे यि घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो ।एक तले भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने बताइएको छ ।




भर्खरै