१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा



अ+ अ-

काठमाडौं । गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा(भिसा) लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन ।

नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन । तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन् ।

अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ । घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।