२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै ११ महीने छोरीको आगो लगाएर हत्या, बाबु-आमा पक्राउ



अ+ अ-

फाइल फोटो

तनहुँ । प्रहरीले आफ्नै ११ महीने छोरीको आगो लगाएर हत्या गरेको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास गाउँपालिका वडा नं ५ चुकपानीका बाइस वर्षीय नवीन विष्ट र उनकी पत्नी शीला विष्ट रहेका छन् ।

प्रहरी निरीक्षक हिक्मत बोहराका अनुसार उनिहरुले छोरी अनुस्काको बिहीबार राति घर नजिकै रहेको लुठ्ठा (खर)मा लगेर आगो लगाई हत्या गरेका हुन् ।

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्या गर्नाको कारण खुलाइएको छैन ।