काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीले नक्कली प्रमाणपत्र पेश गरि जागिर खाएको खुलेको छ ।
अनुसन्धान क्रममा बिमला विष्टले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, , भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुट्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अ.न.मी. कोर्ष पढी अ.न.मी. पदमा पदस्थापन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनिविरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरगरेकोले निज विष्टलाई सोही ऐनको दफा १६ (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।