१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवाको खालमा महेन्द्रको लाइटर !



अ+ अ-

ललितपुर । “सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे,” ६८ वर्ष अघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ ।

नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । गोरखापत्रमा नौ लाख रुपियाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपियाँ नगद चोरी भएको समाचार प्रकाशित भएको थियो ।

त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । “श्रीपेच समेत चोरेको भन्ने हल्ला थियो” शङ्खलालले भन्नुभयो, “सुनको बट्टा र लाइटरबाटै ऊ पक्राउ परेको हो ।”

दरबारमा चोरी भयो भन्ने हल्ला सर्वत्र फैलियो । २००८ साल जेठको घटना । कुन दिन चोरी भएको थियो भनी तिनताक यो घटना थाहा पाएका पाटनवासीलाई सम्झना छैन । तत्कालीन युवराज महेन्द्र भारतको ‘कलकत्ता’ जानुभएका बखत चोरी गरिएको थियो । “सुन समेतका गहना चोरी गरेको कुरा उहाँ (महेन्द्र) नेपाल फिरेपछि थाहा भएछ ।” गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।