२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय रिसालको स्मृतिमा इलाममा भवन निर्माण गरिने



अ+ अ-

इलाम, २८ वैशाख (रासस) : आफ्ना स्वर्गीय पतिको स्मृतिमा राससकी वरिष्ठ सम्पादक ललितपुरको भैँसेपाटी निवासी श्रीमती मोहिनी मिश्र रिसालले इलाममा एक सत्संग भवन निर्माण गर्नुहुने भएको छ । उक्त भवनको शिलान्याश शनिबार इलामको सन्दकपुरमा विशेष समारोहबीच सम्पन्न भएको छ । स्व श्रीमान्को सम्झनामा ललितपुर भैँसेपाटी निवासी मोहनी रिसालले यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा सत्सङ्ग भवन निर्माण गर्नुहुने छ ।

स्व पति आनन्दगोपाल रिसालको सम्झनामा मोहनीले निर्माण गर्ने भवनको आज एक कार्यक्रमकाबीच शिलन्यास गरिएको छ । सुलुबुङको नर्मदेश्वर शिवालय मन्दिर तथा नर्मदेश्वर गुरुकूलमा निर्माण गरिने भवनको शिलान्यास स्व रिसालकी श्रीमती मोहिनी र छोरा अमोघले गर्नुभयो । उक्त भवन एक वर्षमा सकिने गरी निर्माण गरिने मन्दिर सञ्चालक समितिले जनाएको छ ।

श्रमिान् आनन्दको ०७४ असोज २८ गते हृदयघातका कारण श्रीमान्को मृत्यु भएको थियो । श्रीमती मोहनीले भवन निर्माणका लागि आवश्यकपर्ने सबै रकम आफँैले व्यहोर्ने गरी भवन निर्माण गर्न लागेको जनाउनुभयो । “स्व पति र सम्पूर्ण पितृको सम्झनामा यो सत्सङ्ग भवन निर्माण गर्न लागेको हुँ”, मोहनीले भन्नुभयो, “यसका लागि लागेको सबै खर्च म आफैँ व्यहोर्छु ।” रु १२ लाखमा निर्माण हुने सत्सङ्ग भवनमा निर्माणपछि भजन, किर्तन तथा पढनपाठनका लागि उपयोगमा आउनेछ । मोहिनी हाल राष्ट्रिय समाचार समिति(रासस)को वरिष्ठ सम्पादक पदमा कार्यरत हुनुहुन्छ ।




भर्खरै