२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय रिसालको स्मृतिमा इलाममा भवन निर्माण गरिने



अ+ अ-

इलाम, २८ वैशाख (रासस) : आफ्ना स्वर्गीय पतिको स्मृतिमा राससकी वरिष्ठ सम्पादक ललितपुरको भैँसेपाटी निवासी श्रीमती मोहिनी मिश्र रिसालले इलाममा एक सत्संग भवन निर्माण गर्नुहुने भएको छ । उक्त भवनको शिलान्याश शनिबार इलामको सन्दकपुरमा विशेष समारोहबीच सम्पन्न भएको छ । स्व श्रीमान्को सम्झनामा ललितपुर भैँसेपाटी निवासी मोहनी रिसालले यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा सत्सङ्ग भवन निर्माण गर्नुहुने छ ।

स्व पति आनन्दगोपाल रिसालको सम्झनामा मोहनीले निर्माण गर्ने भवनको आज एक कार्यक्रमकाबीच शिलन्यास गरिएको छ । सुलुबुङको नर्मदेश्वर शिवालय मन्दिर तथा नर्मदेश्वर गुरुकूलमा निर्माण गरिने भवनको शिलान्यास स्व रिसालकी श्रीमती मोहिनी र छोरा अमोघले गर्नुभयो । उक्त भवन एक वर्षमा सकिने गरी निर्माण गरिने मन्दिर सञ्चालक समितिले जनाएको छ ।

श्रमिान् आनन्दको ०७४ असोज २८ गते हृदयघातका कारण श्रीमान्को मृत्यु भएको थियो । श्रीमती मोहनीले भवन निर्माणका लागि आवश्यकपर्ने सबै रकम आफँैले व्यहोर्ने गरी भवन निर्माण गर्न लागेको जनाउनुभयो । “स्व पति र सम्पूर्ण पितृको सम्झनामा यो सत्सङ्ग भवन निर्माण गर्न लागेको हुँ”, मोहनीले भन्नुभयो, “यसका लागि लागेको सबै खर्च म आफैँ व्यहोर्छु ।” रु १२ लाखमा निर्माण हुने सत्सङ्ग भवनमा निर्माणपछि भजन, किर्तन तथा पढनपाठनका लागि उपयोगमा आउनेछ । मोहिनी हाल राष्ट्रिय समाचार समिति(रासस)को वरिष्ठ सम्पादक पदमा कार्यरत हुनुहुन्छ ।