१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूधर्म विपरीत बुबाको दाहसंस्कार गरेको भन्दै जनप्रतिनिधिहरुले गरे गाउँनिकाला



अ+ अ-

बारा । हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ ।

वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव ९अवधेश०को नौजनाको परिवार विस्थापित भएको हो ।

अनुसार ओमप्रकाशलाई १५ वैशाखमा पितृशोक परेको थियो । उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल र विद्यानन्दको अगुवाइमा पञ्चायत डाकियो । पञ्चायतले ओमप्रकाशलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनायो । उनको परिवारसँग बोलचाल गर्ने गाउँलेलाई पनि ३० हजार जरिवानाको फैसला गर्‍यो । त्यसपछि गाउँलेहरू तर्किन थाले ।

पति वियोगले मर्माहत ओमप्रकाशकी आमा बिन्दा सामाजिक बहिष्कारको निर्णयले थप प्रताडित बनिन् । न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुग्दा पनि उनले तिरष्कार मात्रै पाइन् । प्रशासनले उनलाई ‘गाउँको विवाद गाउँमै मिलाउनू’ भनेर फर्काइदियो ।

वडासदस्यबाट अन्यायमा परेका यादव परिवारले वडाध्यक्ष शिवधारी दासलाई भेटेर न्यायको गुहार माग्ने कोसिस गर्‍यो । तर, दास सम्पर्कमै आउन चाहेनन् । यसबीचमा गाउँलेहरूले ओमप्रकाशको परिवारलाई बहिष्कार गर्न थालिसकेका थियो । केही सीप नचलेपछि काजकिरिया सकिएको भोलिपल्टै २२ वैशाखमा गाउँ छाडेको ओमप्रकाशले बताए । उनीहरू अहिले हेटौँडामा बसिरहेको छन्। नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।