१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुढाले बजार नपाउँदा कैदीबन्दी दुःखी



अ+ अ-

तनहुँ । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार कारागारबाट रु २५० देखि रु ३७५ सम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन ।

पाँच सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका जानकारी दिँदै बन्दी घिमिरेले भन्नुभयो, “मेरो मात्रै ३०० भन्दा बढी मुढा बिक्री भएको छैन । अरु साथीको पनि बिक्री नहुँदा अहिले काम नै बन्द गर्नुपरेको छ ।” कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको आर्का कैदीबन्दी विनोद गन्दर्भले बताउनुभयो । उहाँका अनुसार एउटा मुढा बिक्री गर्दा रु ५० जति फाइदा हुने र एउटा मुढा तयार गर्नका लागि दुई÷तीन लाग्ने भएकाले श्रम अनुसारको प्रतिफल नपाइए पनि फुर्सदको समयमा गरेको कामबाट मासिक रु चार÷पाँच हजार भने कमाइ हुँदै आएको थियो ।”

कारागारमा रहेका कैदीबन्दीमध्ये ७० ले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन् । टायर राखेको रु १०, मुढा उठाएको रु १५, बिट मारेको र बुट्टा भरेको रु ३०÷३० का दरले कैदीबन्दीले पाउने गर्दछन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।
कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिनुभयो ।