२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, बटलरको शतक



अ+ अ-

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको छ । इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानलाई १२ रनले पराजित गरेको हो ।

३७४ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३६१ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले जित हात पारेको हो ।

पाकिस्तानका लागि फखर जमानले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १३८ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले १०६ बलको सामना गर्दै १२ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजाम र असिफ अलीले समान ५१–५१ रन बनाउँदा कप्तान सरफराज अहमतले अविजित ४१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा तीन विकेटको क्षतिमा ३७३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जस बटलरले अविजित ११० रन बनाए । उनले ५५ बलको सामना गर्दै ९ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, जासन रोयले ८७ र कप्तान इयोन मोर्गनले अविजित ७१ रन बनाए ।