१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ ।

बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्बजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१ औं स्थानमा सूचीकृत भएको भएको हो । यसअघि गतवर्ष यहि संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मुल्याङ्कनमा विश्वका उत्कृष्ट हजारमा ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशन, विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायत मुख्य सूचकहरुलाई आधार मानी सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्ककका आधारमा विश्वविद्यालयहरुको मुल्याङ्कन गरेको हो ।

अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि हुने गरी स्तर निर्धारण प्रक्रियामा सहभागी गराएकोमा त्रिभुवन विश्वविद्यालयले द टाइम्स् हाइयर एजुकेशनप्रति आभार प्रकट गरेको छ।