२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा पुसबाट प्रतियोगिता संचालन गर्न सकिने



अ+ अ-

चितवन । रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताए । कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा रु ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक सङ्कलन अभियानमा जुट्नुपर्नेमा जोड दिए ।

रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उनले बताए ।

अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताए । कट्टेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् ।

बहुउपोगी रङ्गशला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।