२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपीद्वयको प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौं । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुखले प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् ।

भर्खरै सरुवा भएर आएका महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा र काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दे उक्त कुरा बताएका हुन् ।

विगतका कुराहरुलाई ध्यानमा राखेर अपराध विरुद्ध मिलेर काम गर्ने सन्देश दिन पहिलो पटक पत्रकार सम्मेलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले जानकारी दिए।

उत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने भन्दै उनले आर्थिक, सामाजिक रसाइबर अपराधसँगै सुसुप्त रहेका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।अपराधीविरुद्ध कानूनी कठोरता अपनाउने एसएसपीद्वयको भनाइ छ ।

दुबै संस्था नमिल्दा कतिपय अप्रेसन गर्न कठिनाइ भइरहेको थियो, महाशाखाका एसएसपी थापाले भने, अब कुनै अप्रेसन गर्नुपर्दा छिटो गर्न र कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्न पनि समय लाग्दैन।