६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ



अ+ अ-

बुटवल । नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् ।

ठकुल्ला आफ्नै कार्यकक्षबाट आइतबार दिउँसो सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार ठकुल्लाले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि आफूले मिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस माग गरेका थिए ।