१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संस्थापन समूहबाट सभापतिमा देउवालाई उठाउने निर्णय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको  १४औँ महाधिवेशनमा संस्थापन समूहले  सभापतिमा शेरबहादुर देउवालाई नै उम्मेदबार बनाउने निर्णय गरेको छ । देउवा निवास बुढालिनकण्ठमा बसेको बैठकले सभापतिमा देउवालाई नै उम्मेदबार बनाउने निर्णय गरेको हो ।

बैठक पछि कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले भन्नुभयो 'देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उहाकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राख्नुभएको छ ।'  डा. महतले भन्नुभयो 'उहाँमा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता  छ , उनलाई नै सभापति बनाउनु पर्नै  सबै सदस्यहरुको राय आएको छ ।'

सभापतिको बारेमा निर्णय भएपनि बैठकले अन्य पदाधिकारीहरुको बारेमा भने कुनै निर्णय गरेको छैन । पदाधिकारीहरुका बारेमा देउवाले आफूनिकट नेताहरुसंग परामर्स गरिरहनु भएको छ ।