१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा उम्मेदवार तय गर्न पौडेल पक्षको छलफल शुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार ‘फाइनल’ गर्न लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । 

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा जुटेका हुन् ।

यही शुक्रबारदेखि काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाड्दै पौडेललाई अघि सारे पनि पौडेल, सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।